Like us!
Follow us!
Connect us!
Watch us!

माइक्रोसफ्टको आग्रह : गुगल क्रोम प्रयोग नगर्नुस्

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, १२ : ४१ मा प्रकाशित

माइक्रोसफ्टको आग्रह : गुगल क्रोम प्रयोग नगर्नुस्

माइक्रोसफ्टले गुगल क्रोम ब्राउजर प्रयोग नगर्न आग्रह गरेको छ । कम्पनीले आफ्ना करोडौँ विण्डाेज प्रयोगकर्ताहरूलाई गुगल क्रोम र अन्य ब्राउजर डाउनलाेड नगर्न आग्रह गरेको हाे ।

माइक्रोसफ्टले सन् २०१५ मा माइक्रोसफ्ट एज (Microsoft Edge) प्रचलनमा ल्याएको थियाे । साेही  ‘माइक्रोसफ्ट एज’ को प्रयोग बढाउन माइक्राेसफ्टले क्रोम ब्राउजर प्रयोग नगर्न आग्रह गरेको हाे । 

माइक्रोसफ्टले आफ्नो विन्डोज प्रयोगकर्ताहरूलाई क्रोम प्रयोग नगर्न भन्दै पप अपको रुपमा विभिन्न सन्देश पठाउने गरेको छ ।

अहिले माइक्रोसफ्ट एज (Microsoft Edge) मा गएर ‘Download Google Chrome’ भनेर टाइप गर्दा स्क्रिनको माथि नै ‘There's no need to download a new web browser’ देखाउँछ ।

माइक्रोसफ्टले विन्डोज प्रयोगकर्ताहरूलाई क्रोम प्रयोग नगर्न दबाब दिइरहँदा कतिपय प्रयाेगकर्ताहरूले ट्वीटरमा माइक्रोसफ्टको आलोचना गरिरहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको