Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री सेयर बजारप्रति अत्यन्त सकारात्मक, लगानीकर्ताको मागबारे केही दिनमा ठोस कुरा आउने

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, १४ : ०१ मा प्रकाशित

अर्थमन्त्री सेयर बजारप्रति अत्यन्त सकारात्मक, लगानीकर्ताको मागबारे केही दिनमा ठोस कुरा आउने

अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लहाकार सुरेन्द्र उप्रेतीले सेयर बजारप्रति अर्थ मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताएका छन् ।

दिनानुदिन सेयर बजार घट्दै गएपछि लगानीकर्ताका संगठनहरु एकै ठाउँमा उभिएर पुँजी बजारप्रति नकारात्मक दल र नेतालाई आउने चुनावमा भोट नदिने 'नो भोट' अभियानमा लागे सँगै यस विषयमा अर्थमन्त्रालय र अर्थमन्त्रीको आधिकारिक धारणा के छ भन्ने अर्थसंसारको प्रश्नको जवाफ दिँदै उनले भने, "अर्थमन्त्रीज्यू जहिले पनि सेयर बजार प्रति सकारात्मक हुनुहुन्छ ।  सेयर बजारको विकास र स्थायित्वको लागि उहाँ सक्रिय रुपमा लागिरहनु भएको छ । बजारमा हल्ला गरीए जस्तो अर्थमन्त्रालय सेयर बजार प्रति नकारात्मक छैन । अर्थमन्त्रीज्यूले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका सरोकारवाला निकायहरुसंग जहिले पनि सेयर बजार किन घटिरहेको छ भनेर चासो राख्नुभएको छ । अहिलेको घट्दो सेयर बजारप्रति उहाँ निकै चिन्तित हुनुहुन्छ । तपाई मार्फत आम लगानीकर्ताहरुलाई म के जानकारी दिन चाहन्छु भने लगानीकर्ताहरुको मागको बारेमा अर्थमन्त्रालय जानकार छ र त्यस विषयमा गम्भीर छलफल पनि भैरहेको छ । केहि दिनभित्रमा ठोस कुरा आउँनेछ ।"

विशेषगरी अर्थमन्त्रीले अहिलेको सेयर बजारलाई हावा भरिएको बेलुनको रुपमा तुलना गरेपछि बजार झन् घटेको भन्ने आम लगानीकर्ताको आरोप छ नी भन्ने प्रश्नमा उनले भने,"खासमा उहाँले त्यस्तो भन्न खोज्नु भएको होइन । कुनै पनि कुराको मूल्य स्वभाविक हुनुपर्दछ, अस्वभाविक हुनु हुँदैन भन्ने आशयको उहाँको धारणालाइ मिडियाहरुले गलत व्याख्या गरिदिए ।"

अहिलेको तरलता संकटको बारेमा बोल्दै उनले भने, "२ हप्ताभित्र पुँजीगत खर्च व्यापक रुपमा गर्ने गरी तयारी भैरहेको छ।  अहिले देखिएको तरलता संकटलाइ द्रुत गतिमा समाधान गरिने छ त्यसमा अर्थ मन्त्रालयले कुनै कसर बाँकी राख्ने छैन ।" 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको