Like us!
Follow us!
Connect us!
Watch us!

भोकमरीको चेपेटामा परेको इथोपियामा वितरण गरिएको खानेकुरा विद्रोहीले लुटे

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १३ : ४५ मा प्रकाशित

भोकमरीको चेपेटामा परेको इथोपियामा वितरण गरिएको खानेकुरा विद्रोहीले लुटे

इथोपियामा खाद्य वितरणका लागि लगिएको सामाग्री लुटेराहरुले लुटेपछि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले वितरण कार्य रोक्का गरेको छ ।

सशस्त्र विद्रोही टिग्रयान फौजका कार्यकर्ताले लुटपाट गरेपछि डब्लूएफपीले वितरण कार्यक्रम रोकेको हो । समूहका कार्यकताहरुले कोम्बोल्चा सहरमा बन्दूक तेर्साएर डब्लूएफपीका कर्मचारीलाई नियन्त्रणमा लिएकोसमेत राष्ट्रसंघले जनाएको छ । 

नियन्त्रणमा लिएपछि लुटेराहरुले अत्यावसेकीय खाद्य सामाग्री चोरिदिएका थिए । सशस्त्र टिग्रयान फौज र सरकारी सेनाबीचको द्वन्द्वका कारण उत्तरी इथोपिया लामो समयदेखि भोकमरीको चपेटामा परेको छ । एक वर्ष लामो गृहयुद्धका कारण त्यहाँका ९० लाख मानिस खाद्यन्न अभावबाट बन्चित छन् ।

खाद्यान्न लुटेपछि कर्मचारीलाई दुर्व्यवहार गरेको राष्ट्रसंघले जनाएको छ । ‘कर्मचारीमाथिको दुर्व्यवहार असह्य छ । लुटपाटले अत्यावसेकीय क्षेत्रमा खाद्यन्न वितरण गर्ने राष्ट्रसंघको अभियानलाई नजरअन्दाज गरेको छ ,’ राष्ट्रसंघका प्रवक्ताले भनेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको