Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १७ : १० मा प्रकाशित

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता

विश्वव्यापी रूपमा ख्यातिप्राप्त रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ । 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत Shawn D. Fielder ले हस्ताक्षर गरेका छन्। 

अब विदेशमा रहेका नेपालीहरुले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका , यूरोप  तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । साथै खल्ती मोबाईल वालेटमा लोड गर्न पनि सकिनेछ । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको