Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक १२ सयकै विन्दुमा झरेपनि मलाई खासै फरक पर्दैन : निर्मल प्रधान

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, १४ : ०४ मा प्रकाशित

नेपाली सेयर बजारका बादसाहका रूपमा चिनिने लगानीकर्ता निर्मल प्रधानले नेप्से परिसूचक १२ सयकै विन्दुमा झरेपनि आफूलाई खासै फरक नपर्ने बताएका छन् ।

पुँजी बजारमा देखिएका नितिगत समस्या र निराकरणको रणनिती बनाउने उद्देश्यले आयोजना गरिएको लगानीकर्ताहरूको बृहत् छलफल कार्यक्रममा बोल्दै उनले भने "अहिले बजार कतिले घट्यो कति घट्छ भन्ने कुरा भन्दा पनि बजारको विकासमा सरकार र नियामक कसरी लागिरहेको छ भन्ने हो मलाई त व्यक्तिग रुपमा नेप्से परिसूचक १२०० को विन्दुमा पुगेपनि केही फरक पर्नेवाला छैन र मलाई लाग्छ धेरै साथीहरुलाई पनि नेप्से परिसूचक घट्दैमा खान लाउनकै समस्या पर्नेवाला त छैन त्यसैले अहिलेको यो मुभमेन्टलाई बजार घटाउन वा बढाउनको लागि भएको रुपमा नबुझ्नु होला ।" 

अहिले आफूहरूले माग गरिरहेको कुरा आफ्नो अधिकार रहेको बताउँदै उनले भने "हामी लगानीकर्ताहरू माग्ने हैन दिने हौँ । हामीले सरकारलाई राजश्व तिरिरहेका छौँ । अहिलेको हाम्रा कुराहरू माग हैन अधिकार हो । यो अधिकार नपाएसम्म हामी निरन्तर लडिरहन्छौँ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको