Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बादशाह निर्मल प्रधान पुगे अनसन स्थल ! (फोटो फिचर )

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, १४ : ३० मा प्रकाशित

सेयर बादशाह निर्मल प्रधान पुगे अनसन स्थल ! (फोटो फिचर )

सेयर बादसाहका उपनाम पाएका नेपालका ठुला लगानीकर्ता निर्मल प्रधान पनि आन्दोलनमा समर्थन जनाउँदै अनसन स्थल पुगेका छन् । 

पूँजी बजार सम्बन्धी सरकारले गर्छु भनेको काम समयमा नगर्दा समग्र पूँजी बजार गम्भिर संकटमा परेको भन्दै जेठ २० गतेदेखि लगानीकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम एवमं आन्दोलन गरिरहेका छन् । 

विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन समेत सुरू गरेका छन् । अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

सोही अनसनमा ऐक्यवद्धता जनाउँदै आज तेश्रो दिनमा निर्मल प्रधान पनि पुगेका हुन् ।


 

62ac3fef7bef8.jpg 62ac3ff3c865a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको