Like us!
Follow us!
Connect us!
Watch us!

बैंकका सीईओ टाई लगाएका गुण्डा हुन् : निर्मल प्रधान

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, १२ : २६ मा प्रकाशित

नेपाली सेयर बजारका बादसाहका रूपमा चिनिने लगानीकर्ता निर्मल प्रधानले बैंकका सीईओहरू टाई लगाएका गुण्डा हुन् भनेका छन् ।

गत शुक्रबार पुँजी बजारमा देखिएका नितिगत समस्या र निराकरणको रणनिती बनाउने उद्देश्यले आयोजना गरिएको लगानीकर्ताहरूको बृहत् छलफल कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकको ४-१२ को नीति कम्प्लिमेन्ट्री नै भएपनि कमसेकम साना लगानीकर्ताहरूले मागेको बेलामा ५० लाख एक करोडसम्म ॠण त सजिलै पाउनुपर्ने तर्क प्रस्तुत गरेका हुन् । 

उनले भने, "बैंकिङ्ग क्षेत्र कति Conservative छ भन्ने मैले जति अनुभव गरेको छु सायद यहाँ भएका साथीहरू कसैले पनि अनुभव गर्नु भएको छैन होला । त्यसकारण मैले पहिलै देखि भन्दै आइरहेको छु बैंकका सीईओहरू भनेका टाई लगाएका गुण्डा हुन् ।" गभर्नर तथा बैंकिङ्ग एसोसियसनले लगानीकर्ताहरूलाई सेयर धितो कर्जा सहजै प्रदान गर्नका लागि सबै बैंकका शाखा कार्यालयहरूमा पहल गर्नुपर्ने उनले बताए । बैंकका अध्यक्ष र सीईओहरुसँग पहुँच नभएका लगानीकर्ताहरुले पनि सजिलै ॠण लिन पाउनुपर्ने उनको धारणा छ ।

कार्यक्रममा बाेल्ने क्रममा महिनौँ लागेपनि आफ्ना मागहरू पुरा नहुञ्जेल नआत्तिन उनले सबै लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । धैर्यताका साथ लगानीकर्ताहरूले आफ्नो मागका लागि एकजुट भएर निरनतर अघि बढिरहनुपर्ने उनले बताए ।

उक्त कार्यक्रममा उनले नेप्से परिसूचक १२ सयकै विन्दुमा झरेपनि आफूलाई खासै फरक नपर्ने पनि बताएका छन् । उनले भने, "अहिले बजार कतिले घट्यो कति घट्छ भन्ने कुरा भन्दा पनि बजारको विकासमा सरकार र नियामक कसरी लागिरहेको छ भन्ने हो मलाई त व्यक्तिग रुपमा नेप्से परिसूचक १२०० को विन्दुमा पुगेपनि केही फरक पर्नेवाला छैन र मलाई लाग्छ धेरै साथीहरुलाई पनि नेप्से परिसूचक घट्दैमा खान लाउनकै समस्या पर्नेवाला त छैन त्यसैले अहिलेको यो मुभमेन्टलाई बजार घटाउन वा बढाउनको लागि भएको रुपमा नबुझ्नु होला ।" 

अहिले आफूहरूले माग गरिरहेको कुरा आफ्नो अधिकार रहेको बताउँदै उनले भने "हामी लगानीकर्ताहरू माग्ने हैन दिने हौँ । हामीले सरकारलाई राजश्व तिरिरहेका छौँ । अहिलेको हाम्रा कुराहरू माग हैन अधिकार हो । यो अधिकार नपाएसम्म हामी निरन्तर लडिरहन्छौँ ।"

भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको