Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेरुडे लघुवित्तको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, ०६ : २४ मा प्रकाशित

नेप्सेमा नेरुडे लघुवित्तको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे लघुवित्तको सेयरमूल्य समायोजन भएको छ ।

संस्थाको २१.४८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ४१ रूपैयाँ १८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ६४ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको १५ औँ वार्षिक साधारण सभा पुस १० गते, सनिबार हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको