नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी विकास बैंको सेयरमूल्य समायोजन भएको छ ।
संस्थाको १३ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय २९ रूपैयाँ ६५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आईतबारको अन्तिम कारोबार मूल्य ४ सय ८५ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर आज २७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको मंसिर १६ गते, (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौँ वार्षिक साधारण सभा पुष ९ गते, शुक्रबार बैंकको केन्द्रिय कार्यलय डिल्लीबजार, काठमांडौमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ ।
सभामा बैंककोसञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस