Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभाले ८.५० प्रतिशत लाभांश पारित

अर्थ संसार

विहीबार, २६ पुस २०८०, २१ : १० मा प्रकाशित

लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभाले ८.५० प्रतिशत लाभांश पारित

लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभाले ८.५० प्रतिशत लाभांश पारित भएको छ । बैंकले ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

यस बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको