Like us!
Follow us!
Connect us!
Watch us!

जोखिम रहित लगानीको अवसर : लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन खुला

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, ०७ : ३२ मा प्रकाशित

जोखिम रहित लगानीको अवसर : लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन खुला

लुम्बिनी विकास बैंक लिमिटेडले आज (जेठ १६ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो।

बैंकले प्रतिइकाई ऋणपत्र एक हजार अंकित १ हजार रुपैयाँको दरमा १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।  जसबाट बैंकले १ अर्ब रुपैयाँ बराबर उठाउने छ । जसमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।

कति दिने आवेदन ?

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कहिलेसम्म दिने आवेदन ?

निष्काशन बन्द छिटोमा जेठ १९ गते हुनेछ भन सो अवधिमा आवेदन कम परे ढिलोमा जेठ ३० गते हुनेछ।

कहाँबाट दिने आवेदन ?

धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा " मेरो सेयर"प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

को हो बिक्री प्रबन्धक ?

ऋणपत्रको  निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

 रेटिङ

 क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ।

ब्याज भुक्तानी तरिका 

प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको