Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकासको वित्तीय विवरणको चिरफार :ब्याज आम्दानी बढाएको बैंकको ईपीएस १.३० रुपैयाँले घट्यो

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, ०७ : २४ मा प्रकाशित

लुम्बिनी विकासको वित्तीय विवरणको चिरफार :ब्याज आम्दानी बढाएको बैंकको ईपीएस १.३० रुपैयाँले घट्यो

लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंक प्रदर्शनमा सामान्य गिरावट आएको छ। 
कस्तो छ  वित्तीय प्रदर्शन ?

खुद नाफा 

चौथो त्रैमाससम्ममा बैंकले ६१ करोड २४ लाख  रुपैयाँ खुद नाफा कमायो।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएकोे देखिन्छ।यो वर्ष २.१९ करोड  नाफा घटेको छ। 

किन घट्यो नाफा ?

बैंकको नाफा घट्नुको मुख्य कारण भनेको बैंकको इम्पेरमेन्ट चार्ज बढ्नु देखिन्छ, तर यो घटाई लाई सामान्य मान्य सकिन्छ , बैंकको ब्याज आम्दानी बढेपनि नाफा भने घटेको छ। 

खुद ब्याज आम्दानी 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले बढेको देखिन्छ। यस वर्ष मात्रै कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँ  कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो।

 

फि तथा कमिसन 

फि तथा कमिसन आम्दानी बढेर १५ करोड ४१ लाख नाघेको छ । 

सञ्चालन मुनाफा

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा गत वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्ष ९४ करोड १९ लाख रुपैयाँ रहेको मुनाफा अहिलेको समीक्षा अवधिमा घटेर ८६ करोड ९३ लाख रुपैयाँ पुगेको छ। 

वितरण योग्य मुनाफा
असार मसान्तसम्ममा वितरण योग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ।

रिजर्भ 
२ अर्ब ७७ करोड रुपैयाँ

प्रतिसेयर आम्दानी (ईपीएस)
१९ रुपैयाँ ४० पैसामा १ रुपैयाँ ३० पैसा घटेर १८ रुपैयाँ ११ पैसा पुगेको छ 

पीई रेसियो 
२२.८१  गुणा 
 
प्रतिसेयर नेटवर्थ 
१८२ रुपैयाँ १७ पैसा

चुक्ता पूँजी
 ३ अर्ब ३८ करोड  रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको