Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको १ लाख ४ हजारभन्दा बढी संस्थापक सेयर बिक्री खुला

अर्थ संसार

बुधबार, ३२ असार २०८२, ०८ : २४ मा प्रकाशित

लुम्बिनी विकास बैंकको १ लाख ४ हजारभन्दा बढी संस्थापक सेयर बिक्री खुला

लुम्बिनी विकास बैंक लिमिटेडले कुल १ लाख ४ हजार ८१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

बैंकका संस्थापक शेयरधनी म्याक्स भिजन लिमिटेडको नाममा रहेका ३,२७९ कित्ता र अमृता सरावगीको स्वामित्वमा रहेका १,०१,५३६ कित्ता सेयर समावेश गरी यो संख्या पुगेको हो।

बैंकले उक्त सेयर सर्वसाधारण जो कोही इच्छुक व्यक्तिले खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ। सेयर खरिदमा रुचि राख्ने व्यक्तिहरूले १५ दिनभित्र काठमाडौं, डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको