पछिल्लो समय लगानीकर्ताहरु प्राविधिक विश्लेषणतर्फ निकै आकर्षित भएका छन् । केही वर्षअगाडी धेरै लगानीकर्ताहरुलाई क्यान्डलस्टिक चार्ट प्याटर्नको बारेमा थाहा थिएन, कतिपयले थाहा पाएर पनि प्रयोगमा ल्याएका थिएनन् । नेप्से परिसूचक कीर्तिमानी अंक कायम गर्दै बढेसँगै सूचना र प्रविधिसँग अभ्यस्त युवा वर्गको एउटा ठुलो जमात सेयर बजारमा छिरेको छ । त्यो जमात बजारमा छिरेसँगै प्राविधिक विश्लेषणको प्रयोग पनि बढेर गएको छ। आफ्नो अनुभव र मास सेन्टिमेन्टको अध्धयन गरेर कारोबार गर्ने पुराना लगानीकर्ताहरु पनि प्राविधिक विश्लेषण काम लाग्ने कुरा रहेछ, सिक्नुपर्ने कुरा रहेछ भन्दै प्राविधिक विश्लेषण कसरी गर्ने भनेर सिकिरहेको रोचक किस्साहरु सुन्नमा आइरहन्छन्।
आजको यो आलेखमा हामीले प्रयोग गर्न एकदमै सजिलो र प्राय: एकदम एक्युरेट रिजल्ट दिने एउटा इन्डिकेटरको बारेमा लेख्दै छौ। विशेषगरी बजार अहिले डाउन ट्रेन्डमा छ कि अपट्रेन्डमा छ भनेर थाहा पाउन र आगामी दिनमा बजारको दिशा कतातिरको हुन सक्छ भनेर थाहा पाउन हामी 'सुपरट्रेन्ड' इन्डिकेटरको प्रयोग गर्ने गर्दछौँ।
सुरुमा यो इन्डिकेटरले नेप्सेमा कत्तिको काम गरेको छ भनेर हेरौं। यो चार्ट्मा हामी १ महिने डेटालाइ आधार बनाएर एनालाइसिस गर्दै छौ। लामो समयको ट्रेन्ड (जसलाई प्राइमरी ट्रेन्ड पनि भनिन्छ) अप छ कि डाउन छ भनेर हेर्नुपर्यो भने १ महिने क्यान्डलस्टिक प्याटर्न हेर्ने गरिन्छ भने मिड टर्मको ट्रेण्ड हेर्न विक्ली चार्ट प्याटर्न हेर्ने गरिन्छ। शर्ट टर्मको ट्रेन्ड हेर्न डेली चार्ट प्याटर्नमा सुपरट्रेन्ड लगाएर हेर्ने गरिन्छ। विशेषगरी बजार लंग टर्ममा बुलिस कि बियरिस भनेर थाहा पाउन चाहीँ १ महिने चार्ट प्याटर्नमा सुपरट्रेन्ड इन्डिकेटर लगाउने गरिन्छ।
मे १९९८ मा सुपरट्रेन्ड हरियो भएको थियो ( सुपरट्रेन्ड इन्डिकेटर हरियो हुनुको मतलब बजार बुलिस ट्रेन्डमा हुनु हो भने रातो हुनुको मतलब बजार बेयरिश ट्रेन्डमा हुनु हो)। त्यतिबेला नेप्से इन्डेक्स १५६ को विन्दुमा थियो। सुपरट्रेन्डले बाइ सिग्नल दिएपछि नेप्से इन्डेक्स बढेर ५४५ को विन्दुसम्म पुग्यो। ५४५ पुगेर घट्न थालेको बजार ३८४ को विन्दुमा आइपुग्दा सुपरट्रेन्डले सेल सिग्नल दिएको थियो। त्यसपछि बजार घटेर मार्च २००४ सम्ममा १९० को हाराहारीमा आइपुग्यो।
मार्च २००४ मा सुपरट्रेन्डले फेरी बाइ सिग्नल दियो। बजार २०३ को विन्दुतिर हुँदै गर्दा बाइ सिग्नल दिएको सुपरट्रेन्डले बजार १०४८ को विन्दुसम्म पुगेर खस्न थालेपछि करिब ७५० तिर बजार आउंदै गर्दा सेल सिग्नल दियो। बजार बढेर १०१५ तिर पुग्दै गर्दा फेरी बाइ सिग्नल दिएको थियो, त्यसपछि बजार बढेर करिब ११७५ को विन्दुसम्म पुग्यो र त्यहाँबाट घट्न थाल्यो। बजार घटेर ७९० तिर आइपुग्दा सुपरट्रेन्डले सेल सिग्नल दीइसकेको थियो। त्यसपछि लगातार घटेर बजार २९३ को विन्दुसम्म आइपुग्यो।
मे २०१२ मा नेप्से करिब ३०० को बिन्दुतिर हुँदै गर्दा सुपरट्रेन्डले फेरी बाइ सिग्नल दिएको थियो। त्यसपछि बजार बढेर १८९० को बिन्दुसम्म पुग्यो र त्यहाँबाट घट्न थाल्यो। त्यसपछि बजार घटेर १४१५ को बिन्दुतिर आइपुग्दै गर्दा सुपरट्रेन्डले सेल सिग्नल दिएको थियो। त्यसपछि बजार घटेर १०९१ को बिन्दुसम्म आइपुग्यो।
सन् २०२० को जनवरी महिनामा नेप्से करिब १३४० को बिन्दुतिर पुग्दै गर्दा सुपरट्रेन्डले फेरी अर्को बाइ सिग्नल दियो। त्यसपछि बजार बढेर ३२२७ को विन्दुसम्म पुगेर झर्दै गर्दा आज बजार २४१८ को बिन्दुमा क्लोज भएको छ। सुपरट्रेन्ड हरियो नै छ, यसले बजार अपट्रेन्डमै रहेको संकेत गर्दछ। जबसम्म सुपरट्रेन्ड रातो बन्दैन तबसम्म नेप्सेको प्राइमरी ट्रेन्ड बुलिश नै रहेको मानिन्छ।
कसरी प्रयोग गर्ने सुपरट्रेन्ड ?
नेप्सेको चार्ट प्याटर्नमा जानुहोस् । त्यसपछि इन्डिकेटरमा जानुहोस् । इन्डिकेटरमा गएर सुपरट्रेन्ड टाइप गर्नुहोस् । त्यसपछि सुपरट्रेन्डको लाइन डिस्प्ले हुन्छ । सुपरट्रेन्डलाइ आफ्नो आवश्यकता अनुसारका कम्पनीहरुमा पनि लगाएर हेर्न सकिन्छ। त्यस्तै आवश्यकता अनुसार यसलाई दैनिक, साप्ताहिक तथा मासिक क्यान्डल प्याटर्नहरुमा पनि प्रयोग गर्न सकिन्छ। यसरी सुपरट्रेन्डले लगानीकर्तालाइ बजारमा सहि समयमा इन्ट्री गर्न र सहि समयमा इक्जिट गर्न सजेस्ट गर्ने गर्दछ। यसको प्रयोग गर्न एकदम सजिलो पनि छ र यो इण्डिकेटर निकै विश्वसनीय पनि भएकाले धेरै प्राविधिक विश्लेषकहरुले 'सुपरट्रेन्ड' को प्रयोग गर्ने गर्दछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस