सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएकाे छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा विभिन्न कृषि तथा पशुपन्छी विज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीले भक्तपुरमा मंसिर २० देखी २२ गतेसम्म र विराटनगरमा मंसिर २६ देखि २८ गतेसम्म कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको सञ्चालित तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको हाे । कम्पनीले कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम अन्य जिल्लाहरुमा समेत क्रमश : सञ्चालन गर्ने योजना बनाएको छ ।
कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिमले बीमा क्षेत्रमा दक्ष जनशक्ति विकासमा सहयोग पुग्नुका साथै कम्पनीले सञ्चालन गरेको तालिमबाट बीमा क्षेत्रमा कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ता तयार भएकोले आगामी दिनमा उक्त बीमाको क्षति मुल्याङ्कन तथा दाबी भुक्तानीमा सहजता एवं प्रभावकारीता आउने विश्वास कम्पनीले लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस