Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सकाे विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

अर्थ संसार

बुधबार, १५ असार २०७९, १४ : ३५ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सकाे विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा आज आषाढ १५ गते, बुधबार कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा धुम्रबराह पार्टी प्यालेस, धुम्बाराही, काठमाण्डौँमा सम्पन्न भएकाे छ ।

उक्त सभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

कम्पनीका अध्यक्षले सभामा उपस्थित सम्पूर्ण शेयरधनीहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई धन्यवाद प्रदान गर्दै सभाको विसजर्न गरेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको