Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १६ : ५१ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज पौष ३० गतेका दिन भौतिक /भर्चुअल माध्यमबाट कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराही, काठमाण्डौँमा सम्पन्न भएकाे छ । 

उक्त सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्षले नेपाल वित्तिय प्रतिवेदनमान (NFRS) बमोजिमको वित्तीय विवरण पेश गर्नुका साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ। त्यसैगरी आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेण्टलाई नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ।

साथै अध्यक्षले कम्पनीको प्रधान कार्यालयसहित २६ वटा शाखा कार्यालयहरु सञ्चालन रहेकोमा आगामी आर्थिक वर्षमा थप शाखा तथा उपशाखा कार्यालयहरु सञ्चालन गरी कम्पनीको व्यवसायिक दायरा फराकिलो पार्दै लगिने जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको