Like us!
Follow us!
Connect us!
Watch us!

१ : १ मा स्वाप हुँदै बन्ने भयो नयाँ कम्पनी सानिमा जनरल इन्स्योरेन्स, सेयर कारोबार रोक्का हुँदै

अर्थ संसार

विहीबार, ३० असार २०७९, ०७ : ३९ मा प्रकाशित

१ : १ मा स्वाप हुँदै बन्ने भयो नयाँ कम्पनी सानिमा जनरल इन्स्योरेन्स, सेयर कारोबार रोक्का हुँदै

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स बिच मर्जरमा संझौता भएको छ । यी दुई कम्पनीका बिच बुधबार एक पाँच तारे होटलमा मर्जर सम्झौता भएको हो। 

सम्झौता स्वाप अनुपात १ : १ हुने र मर्जर पछि बन्ने कम्पनीको नाम सानिमा जनरल इन्स्योरेन्स रहने उल्लेख छ। 

मर्जर पछिको कम्पनीको अध्यक्षमा जनरलका कुनाल कयाल रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय रहने छन्  । त्यस्तै मर्जर पछि कुनै पनि कम्पनीबाट कर्मचारी कटौति समेत नगर्ने प्रारम्भिक सम्झौता भएको छ। 

सम्झौता पछि बिहिबारबाट दुवै कम्पनीको सेयर कारोबार रोक्का हुदैँ छन्। 

सानिमा जनरल इन्स्योरेन्सको हालको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने जनरल इन्स्योरेन्सको चुक्ता पुँजी पनि १ अर्ब रूपैयाँ छ । मर्जर पछि बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्ने छ । 

बीमा समितिले जेठ २३ गते सोमबार एक निर्देशन गरी गर्दै सबै बीमा कम्पनीहरुलाई २०७९ आषाढ मसान्त सम्म मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न र मर्जरको सम्पूर्ण प्रक्रिया २०८० आषाढ मसान्त सम्म पूरा गर्न आव्हान गरेको थियो ।

आषाढ मसान्त सम्म मर्जरमा जाने कम्पनीलाई छुटको व्यवस्था गरेको छ। सूचनामा सेयरधनीले आफ्नो सेयर मर्जरको मितिले २ वर्षसम्म विक्रीवितरण गर्दा बिक्री गरिएको सेयरमा पूँजीगत लाभ कर नलाग्ने, सेयरधनीलाई वितरण गरेको लाभांस कर नलाग्ने साथै कर्मचारीको अवकाशमा कर छुट दिने कुरा उल्लेख गरेको थियो । बीमा समितिले तोकेको चुक्ता पुँजी पूरा गर्न मर्जरमा जाने कम्पनीलाई उक्त सुविधा प्राप्त गर्नका निम्ति २०७९ आषाढ मसान्त भित्र सम्बन्धित निकायमा आवेदन दिनुपर्ने जनाएको हो । 

62cf7a9d829b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको