Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सको नाफा ५६.२० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, ०९ : १० मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सको नाफा ५६.२० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ०७८/०७९ को दाेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ९५.६५ प्रतिशतले बढेर ५ करोड ८० लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९६ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि ७३.२८ प्रतिशतले बढेर १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ८ करोड ५५ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब रुपैयाँ र जगेडा काेषमा ११ कराेड १८ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे बीमा काेषको आकार ७०.४२ प्रतिशतले बढेर १२ करोड १८ लाख १५ हजार रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी  ११ रुपैयाँ ६२ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ३ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6201e34da3156.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको