Like us!
Follow us!
Connect us!
Watch us!

उच्च कारोबार गर्ने ब्रोकरहरुका अनुसार अबको बजार तल कि माथि ? फ्लोरसिट विश्लेषण सहितः

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, १७ : २८ मा प्रकाशित

उच्च कारोबार गर्ने ब्रोकरहरुका अनुसार अबको बजार तल कि माथि ? फ्लोरसिट विश्लेषण सहितः

बजारमा आज बुधबारको दिन विशेष रह्यो। बढेर २४९२  भन्दा माथि पुगेको नेप्से इन्डेक्स घट्दै जाँदा २३७७ को बिन्दुसम्म आएर बन्द हुने बेलामा २४१८ को बिन्दुमा पुग्यो। यो आलेखमा हामीले  ११३ अंकको उतारचढाव आएको बजारमा सबैभन्दा धेरै कारोबार गर्ने १० ब्रोकर कम्पनीहरु मध्ये कुन कुन बोकर बाट कति रकम बराबरको खरिद भयो र कति रकम बराबरको बिक्रि भयो भन्ने विश्लेषण  गरेका छौ ।  

कारोबार रकमको आधारमा हेर्दा सबैभन्दा धेरै ब्रोकर नम्बर ५८ बाट करिब ६१ करोडको कारोबार भएको छ।  करिब २९ करोडको खरिद हुँदा ३१ करोडको हाराहारीमा बिक्रि भएको छ ।  

ब्रोकर ४५ बाट ३८ करोडको हाराहारीमा कारोबार हुँदै गर्दा करिब २३ करोडको खरिद र १५ करोड हाराहारीमा बिक्रि भएको देखिन्छ।  ब्रोकर नम्बर १९ को खरिद र बिक्रि लगभग बराबर छ।  १७ करोडको खरिद हुँदै गर्दा १९ करोडको बिक्रि भएको देखिन्छ भने ब्रोकर  नम्बर ४४ बाट खरिदको तुलनामा बिक्रि धेरै भएको छ।  १२ करोडको हाराहारीमा खरिद हुँदै गर्दा लगभग २० करोडको कारोबार भएको देखिन्छ।  ब्रोकर नम्बर ३४ बाट १७ करोडको हाराहारीमा कारोबार हुँदै गर्दा लगभग १५ करोडको बिक्रि भएको छ।  ३८ नम्बर ब्रोकर बाट १६ करोडको हाराहारीमा खरिद भएको देखिन्छ भने १५ करोडको हाराहारीमा बिक्रि भएको छ।  ब्रोकर ५७ बाट १८ करोडको खरिद र १२ करोडको बिक्रि हुँदै गर्दा ब्रोकर नम्बर १७ बाट १५ करोडको खरिद र १२ करोडको बिक्रि भएको छ।  ब्रोकर ४८ बाट ८ करोडको हाराहारीमा १७ करोड बराबरको बिक्रि भएको देखिन्छ।  त्यस्तै ब्रोकर नम्बर ४२ बाट १७ करोड बराबरको सेयर खरिद हुँदै गर्दा ७१ करोडको हाराहारीमा बिक्रि भएको देखिन्छ।  

धेरै कारोबार गर्ने १० ब्रोकरहरु मध्ये ६ वटा ब्रोकरहरुबाट बिक्रीको तुलनामा खरिद धेरै देखिन्छ।  ब्रोकर नम्बर ४५, ३४, ३८, ५७, १७ र ४२ बाट बिक्रीको तुलनामा खरिद उच्च भएको देखिन्छ।  त्यसमध्ये पनि ब्रोकर नम्बर ४५ र ४२ बाट बिक्रीको तुलनामा खरिद एकदम उच्च भएको छ।  
त्यस्तै टप कारोबार गर्ने १० मध्ये ४ वटा ब्रोकरहरुबाट खरिदको तुलनामा बिक्रि धेरै भएको देखिन्छ।  ब्रोकर नम्बर ५८, ४९, ४४ र ४८ बाट खरिद भन्दा बिक्रि धेरै भएको पाईयो।  ब्रोकर नम्बर ५८ र ४९ को खरिद र बिक्रीमा २ करोडको मात्रै अन्तर देखिन्छ तर ब्रोकर नम्बर ४४ र ४८ बाट खरिद भन्दा बिक्रि उच्च रहेको पाइयो।  

बिक्रीको तुलनामा खरिद धेरै गर्ने ब्रोकर नम्बर ४५ (इम्पेरीयल सेक्युरिटिज) का प्रशाशन प्रमूख सिताराम अधिकारीलाइ हामीले आज तपाइँहरुको खरिद उच्च देखियो, केहि विशेष कारण छ कि भनेर प्रश्न गरेका थियौ। बजारमा सकारात्मक माहोल बन्दै जाँदा लगानीकर्ताको मनोबल उच्च बन्दै गएको र त्यसले लगानीकर्ताहरु खरिद गर्नतर्फ अग्रसर भएको हुँदा बिक्रिको तुलनामा खरिद बढेको बताए।  लगानीकर्ताहरुको मनोबल उच्च बन्दै जाँदा आगामी दिनमा बजारको यात्रा माथितिरकै हुन सक्ने सम्भावना रहेको पनि उनले बताए।  

खरिद भन्दा बिक्रीको रकम उच्च रहेको ब्रोकर नम्बर ४४ (डाइनामिक सेक्युरिटिज) का निर्देशक नारायण तिमल्सिना संग खरिदको तुलनामा बिक्रि उच्च देखियो, किन होला भनेर सोध्दा आजकल सबैले अनलाइन कारोबार गर्ने हुँदा किन खरिद बिक्रि किन उच्च भयो भन्ने आफुहरुलाई पनि थाहा नहुने बताए।  कतिपय लगानीकर्ताहरुले उधारोमा सेयर किनेको र सेटलमेन्ट गर्न बिक्रि गरेको हुन सक्ने उनले बताए।  हिजो र अस्ति बजार एकदम घट्दै गर्दा आफ्नो खातामै रहेको  सेयर किनेकाहरुले राम्रो नाफा आएपछि बेच्दा आज बजारमा सानो अंकको करेक्सन आएको हुनसक्ने बजार जानकारहरुको भनाइ छ।

61b9d53c243c0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको