Like us!
Follow us!
Connect us!
Watch us!

२ वाणिज्य बैंक सहित तिन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०१ पुस २०७८, ०८ : ३९ मा प्रकाशित

२ वाणिज्य बैंक सहित तिन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज २ वाणिज्य बैंक सहित तिन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सनराईज बैंक, मनकामना स्मार्ट लघुवित्त, र प्रभु बैंकका आजसम्म कायम सेयधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सनराईज बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गते आईतबार परेकाले पुस १ गते बिहिबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको चौधौँ वार्षिक साधारण सभा पुष १५ गते, बिहिबार आम्रपालि ब्यान्क्वेट बालुवाटारमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष बैंकले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ६।६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने छ ।

त्यस्तै सभाले सनराईज बैंक लि। र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

प्रभु बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको बीसौँ वार्षिक साधारण सभा पौष १८ गते, बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ४ गतेबाट पौष १९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको चौँथो वार्षिक साधारण सभा पौष १९ गते, सोमबार, होटल पौवा, सिद्धार्थनगर ६, रूपन्देहीमा दिउँसो २ बजेबाट सुरू हुनेछ ।

सभामा संस्थाको कार्तिक १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ति र पारिश्रमीक अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको