Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसी पास हुनेमा अमेरिका सकारात्मक, सर्वदलीय बैठकको तयारी

पत्रपत्रिका

शुक्रबार, ०२ पुस २०७८, ०७ : १७ मा प्रकाशित

एमसीसी पास हुनेमा अमेरिका सकारात्मक, सर्वदलीय बैठकको तयारी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । 

१४ डिसेम्बर (२८ मंसिर) को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिङटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे समीक्षा गरिएको उल्लेख छ ।

बोर्ड बैठकमा नेपाल कम्प्याक्ट अनुदानको समीक्षात्मक छलफल भएको जनाइएको छ । नेपालमा एमसीसी अनुमोदन हुने कि नहुने भन्ने अन्योलता भइरहेका बेला एमसीसी बोर्ड सकारात्मक देखिएको हो । 

बोर्ड बैठकको वार्षिक समीक्षामा एमसीसी छनोट भएका विभिन्न देशको नीतिगत कार्यसम्पादनको विषयमा छलफल भएको जनाएको छ । जसमध्ये नेपाललाई दिएको एमसीसी अनुदानको काम प्रगतिको विषयमा छलफल भएको जनाएको छ । एमसीसी बोर्ड नेपाललाई दिएको अनुदान अनुमोदन हुने निश्चित भएको सन्देश दिइरहँदा यता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक राखेर एमसीसी अनुमोदनका लागि पहल गर्ने तयारी थालेका छन् ।

राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको