Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गकाे सेयर साक्षरता कार्यक्रम

अर्थ संसार

शुक्रबार, ०२ पुस २०७८, १५ : ४० मा प्रकाशित

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गकाे सेयर साक्षरता कार्यक्रम

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गण्डकी प्रदेशमा सेयर साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको सेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले प्रदेश नम्बर ४ गण्डकी प्रदेशबाट सो सम्बन्धी जानकारी मुलक कार्यक्रम सञ्चालन गर्न शुरु गरेको हाे । 

निकट भविष्यमा देशको सातै प्रदेशमा यस्तो खाले कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुका बारेमा प्रकाश पारेका थिए ।

स्थापना कालको  १२औं वर्ष प्रवेश गर्दै गर्दा  कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ । 


 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको