Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले ल्यायो ‘इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’, के छ फाइदा ?

अर्थ संसार

विहीबार, २९ पुस २०७८, ११ : ०८ मा प्रकाशित

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले ल्यायो ‘इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’, के छ फाइदा ?

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले अँग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी Infinity Portfolio Management Service सञ्चालनमा ल्याएको छ । यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले वार्षिक शुल्क बापत वर्ष २०२२ को लागि केवल २ हजार २२ रूपैयाँ मात्र सीमित शुल्क तिर्नुपर्ने हुन्छ ।

Non-Discretionary प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए बापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन । यो लगानी व्यवस्थापन सेवामा दक्ष Portfolio Analyst तथा गहन विश्लेषण, Research को आधारमा बजारको उतारचढावलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिनेछ र लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिन्छ ।

व्यवस्थापन गरे बापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिईने छैन भने लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै बेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ ।

यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा सेयरको मुल्यांकन (Stock Valuation) गराई प्रवेश गर्न सकिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको