नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले आह्वान गरेकाे लाईसेन्सका लागि आवेदन दिने कम्पनीलाई नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले सहजिकरण गर्ने भएकाे छ । बाेर्डले नयाँ स्टक एक्सचेञ्ज, कमाेडिटी एक्सचेञ्ज र ब्राेकर लाईसेन्सका लागि आवेदन खुलाएकाे थियाे ।
यसरी वस्तु विनिमय बजार सञ्चालनको अनुमति प्राप्त गर्न वा धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति तथा धितोपत्र बजार सञ्चालनका लागि संङ्गठित संस्था स्थापना गर्ने सिफारिसका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने भएकोले निवेदन दिनु पूर्व आवश्यक पर्ने सम्पूर्ण कागजातहरू जस्तै कम्पनीको व्यवसायिक योजना, सम्भाव्यता अध्ययन प्रतिवेदन आदी तयारीका लागि नबिल इन्भेष्टमेण्ट बैंकिग लिमिटेडले पूर्ण सहयोग गर्ने भएको हाे ।
आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत सञ्चालन गर्ने धितोपत्र व्यवसायको किसिम अनुसारको सम्भाव्यता अध्ययन प्रतिवेदन , प्रक्षेपित वित्तीय विवरण, व्यवसायिक योजना, कार्य प्रणाली सम्बन्धि विवरण, जनशक्ति व्यवस्थापन निर्देशिकासहितका अन्य आवश्यक कागजातहरू तयार गरिदिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
यसका लागि सो सेवा लिन चाहने व्यक्ति तथा संस्थाहरूले यस नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको संस्थागत परामर्श सेवा विभागमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस