Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपाल (तराई) ले डाक्यो साधारणसभा, लगानीकर्ताको हात खालि

अर्थ संसार

आइतबार, ०४ पुस २०७८, ०७ : ४८ मा प्रकाशित

बोटलर्स नेपाल (तराई) ले डाक्यो साधारणसभा, लगानीकर्ताको हात खालि

बोटलर्स नेपाल (तराई) लिमिटेडले वार्षिक साधारण सभा आह्वान  गरेकाे छ ।

कम्पनीकाे मंसिर १४ गते, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ३५ औँ वार्षिक साधारण सभा पुस २८ गते, होटल -याडिसन, लाजिम्पाट काठमांडौमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक आर्थिक विवरणहरु, (Financial Statements), २०७८ आषाढ मसान्तको वासलात (वित्तीय स्थितिको विवरण), सोही मितिमा समाप्त भएको नाफा(नोक्सान हिसाब (नाफा बा नोक्सान तथा अन्य विस्तृत आय विवरण),कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र एकजना स्वतन्त्र संचालक नियुक्त गर्ने प्रस्तावहरू पारित हुनेछ । 

त्यसैगरी, साधारण सभा प्रयाेजनका लागि कम्पनीले पुस २१ गतेदेखि पुस २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61be96f0594bd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको