Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

आइतबार, ०४ पुस २०७८, ११ : ५४ मा प्रकाशित

लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे पाैष २ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे बीसाैँ वार्षिक साधारण सभा पाैष २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने, सर्वसाधारण समूहबाट ३ जना र संस्थापक शेयरधनीकाे तर्फबाट ३ जना गरी कूल ६ जना सञ्चालककाे निर्वाचन गर्ने, सञ्चालक समितिकाे बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुविधा वृद्धि गर्ने जस्ता प्रस्तावहरू पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १३ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ 

61becd730a2b8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको