Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंककाे वित्तीय चिरफार : नाफा ४७.९५ प्रतिशतले घट्दा ईपीएस पनि ११.२७ रूपैयाँले घट्यो

अर्थ संसार

सोमबार, २२ साउन २०८०, १० : ५१ मा प्रकाशित

महालक्ष्मी विकास बैंककाे वित्तीय चिरफार : नाफा ४७.९५ प्रतिशतले घट्दा ईपीएस पनि ११.२७ रूपैयाँले घट्यो

महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म बैंककाे खुद नाफा  ४७ करोड ९ लाख रुपैयाँमा सिमित भएको छ । उक्त नाफा रकम अघिल्लाे वर्षकाे तुलनामा ४७.९५ प्रतिशतले थोरै हाे । अघिल्लाे वर्षको यसै अवधिमा बैंकले ९० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने ०.४५ प्रतिशतले बढेर १ अर्ब ९० करोड १७ लाख ४९ हजार रूपैयाँ पुगेकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी १ अर्ब ८९ करोड ३१ लाख ८१ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा ४२.५७ प्रतिशतले घटेर ७१ करोड ५७ लाख ७९ हजार रूपैयाँ पुगेको छ । अघिल्लाे वर्ष बैंककाे सञ्चालन मुनाफा १ अर्ब २४ करोड ६३ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।   

वितरणयोग्य नाफा

बैंककाे वितरणयोग्य नाफा  १९.९३ प्रतिशतले घटेर ३३ करोड ६३ लाख ३० हजार रुपैयाँमा सिमित भएकाे छ । 

चुक्ता पुँजी

बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा २ अर्ब २ करोड ६७ लाख ४१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) ११ रूपैयाँ २७ पैसाले घटेर ११ रूपैयाँ २९ पैसामा घटेकाे छ ।

प्रतिसेयर नेटवर्थ

बैंककाे प्रतिसेयर नेटवर्थ १५६ रूपैयाँ ६५ पैसा रहेकाे छ ।

खराब खर्जा (एनपीएल)

३.५१%

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको