महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरूलाई ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको बैठकले सो लाभांशमा ३ प्रतिशत बोनश सेयर (लाभांशमा लाग्ने कर समेत समेटेर) र ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने बताएको छ। यो निर्णय हाल कायम चुक्तापुँजीको आधारमा गरिएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस