Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

अर्थ संसार

सोमबार, २९ साउन २०८०, १० : ४९ मा प्रकाशित

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।    

सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले विरगंज, पर्सामा अवस्थित Mangalam Diagnostic Center को प्याथोलोजी टेस्ट सेवामा १०%, सिमरा बारामा अवस्थित Hotel Quick – 20 & River Side Pvt. Ltd. का सेवाहरुमा अधिकतम १०%, हेटौँडा मकवानपुरमा अवस्थित Regal Hetauda Resort Pvt. Ltd का सेवाहरुमा अधिकतम १५%, धनगढी कैलालीमा अवस्थित Nisarg Hospital Pvt. Ltd का सेवाहरुमा अधिकतम २०%, हेटौँडा मकवानपुरमा अवस्थित Vishuddha Momocha का सेवाहरुमा १०%, र भरतपुर चितवनमा अवस्थित Kabilash Resort and Funpark का सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको