Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, ११ : २७ मा प्रकाशित

महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

महालक्ष्मी विकास बैंक बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स अफ नेपाल (बीएफआईएन) द्वारा प्रदान गरिने ‘एल एन्ड डी एक्सिलेन्स अवार्ड–२०२३’ बाट सम्मानित भएको छ । 

कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए सँगै Banking Finance & Insurance Institute of Nepal (BFIN) द्वारा प्रदान गरिने L & D Excellence Award – 2023 बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको हाे । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।

यही श्रावण २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न “Leaders for the Next Generation: Expect the Unexpected” कन्फरेन्सका बिच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको