विगत २० बर्षदेखि एभरेष्ट अस्पतालले विभिन्न विरामीलाई सेवा दिदै आएको छ । एभरेष्ट अस्पताल स्त्री रोग सम्बन्धी ल्याप्रोस्कोप् िसर्जरी गर्ने बिरामीहरुको प्रथम केन्द्र बिन्दुको रुपमाबन्न पुगेकोे छ ।
ल्याप्रोस्कोपी सर्जरी भनेको पेटमा स–साना घाउ बनाई दूर्बिनको सहायताबाट तल्लो पेटका भित्री अंगका समस्या हेर्ने र उपचार गर्ने बिधिहो । पछिल्लो समय एभरेष्ट अस्पतालबाट दुर्बिन मार्फत गरिने स्त्री रोगको उपचार ल्याप्रोस्कोपी विधीबाट सञ्चालनमा आए सँगै उपत्यका भित्र र बाहिरका विरामीहरुको लागि प्रथम रोजाई बन्न पुगेको छ । गत भाद्र महिनाबाट सञ्चालनमा आएपछि यसमा ल्याप्रोस्कोपी गाइनोलो जिस्ट विशेषज्ञ डा.राजनशाह र उनको नेतृत्वको टिमलेगतभाद्र महिना देखि सफल सल्याक्रिया गर्दै आएका छन् ।
अस्पताल प्रशासनका अनुसार यस प्रविधीबाट देशको पुर्वदेखी सुदुर पश्चिमसम्मका बिरामी आएर सल्याक्रिया गराएका छन् । गएकोमहिनाको तथ्याङ्क हेर्दा मंसिरमहिना मात्रै ३२ विरामीले दुर्बिनको माध्यमबाट स्त्री रोग सम्बन्धी सफल सल्याक्रिया गराएका छन् ।
ल्याप्रोस्कोपीका विधिबाट सल्यक्रिया गराउँदा एक सेन्टिमिटर रआधा सिन्टिमिटरका स–साना प्वालमात्र बनाइ सल्याक्रिया गरिन्छ । यसबाट बिरामीलाई दुखाई महसुस एकदमै कमहुने र बिरामीको शरिरबाट रगत एकदम कम खेर जाने गर्दछ ।
त्यस्तै, अन्य फाइदाहरुमा घाउ सानो हुने भएकोले चाडै सञ्चो हुनुको साथै घाउ पाक्ने सम्भावना पनिकम हुन्छ । यस सल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी हिँडडुल गर्न सक्ने भएकाले अस्पतालबाट चाँडै डिस्चार्ज हुन्छ । यसर्थ चाँडै आफनो दैनिक काममा फर्कन सक्छन् ।
यसका साथै एभरेष्ट अस्पतालमा महिलाहरुको समस्याको गरिने सल्याक्रियाहरु, पाठेघरमा मासु पलाएको निकाल्ने सल्याक्रिया, पाठेघर निकाल्ने सल्यक्रिया, अण्डा वा डिम्बासयमा सिस्ट पलाएको सल्याक्रिया, बाजोपन वानली बन्द भएको गर्ने लगायत महिलासँग जोडिएका थुप्रै समस्याको उपचार तथा सल्याक्रिया दुर्बिनमार्फत गरिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस