Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान लघुवित्त र एचआईडिसीएलको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, ०६ : २८ मा प्रकाशित

साना किसान लघुवित्त र एचआईडिसीएलको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्सेमा आज साना किसान लघुवित्त वित्तिय संस्था र हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को सेयर मूल्य समायोजन भएको छ । 

दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ५ गते बुकक्लोज गर्ने निर्णय गरेका थिए । त्यसैले, पौष ४,३ र २ गते समेत सार्वजनिक विदा परेकाले पुस १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

साना किसान लघुवित्त वित्तिय संस्थाको २५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ७६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ४ सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ५ औँ वार्षिक साधारण सभा पुस १८ गते, आइतबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान ११ बजेबाट सूरु हुनेछ । 

सभाले संस्थाको मंसिर ८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ४८ रूपैयाँ ३३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य २ सय ६८ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको दशौँ वार्षिक साधारण सभा पौष २२ गते, बिहीबार कम्पनीको कार्यालय, हात्तीसार, काठमाडौँ अभौतिक रूपमा बिहान ९ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको कार्तिक १५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको