इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे (पाैष ५ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे पाचाैँ वार्षिक साधारण सभा पाैष २७ गते, मंगलबार हाेटल द नारायणी, गैँडाकाेट, नवलपरासीमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सभामा संस्थाको मंसिर ४ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस