Like us!
Follow us!
Connect us!
Watch us!

११७.८४ प्रतिशतले बढ्याे इन्फिनिटी लघुवित्तको नाफा, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, २६ कार्तिक २०७८, ०८ : १७ मा प्रकाशित

११७.८४ प्रतिशतले बढ्याे इन्फिनिटी लघुवित्तको नाफा, ईपीएस कति ?

इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि बढेकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ७४ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११७.८४ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले २ करोड १८ लाख ३ हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि १६०.१७ प्रतिशतले बढेर ८ करोड ५९ लाख ६७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ३ करोड ३० लाख ४३ हजार रूपैयाँ रहेकाे थियाे ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १६८.०४ प्रतिशतले बढेर ५ करोड ४४ लाख ६४ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले २ करोड ३ लाख १९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३२ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा २७ करोड ९ लाख ८० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २० रुपैयाँ ३० पैसाले बढेर ५८ रुपैयाँ ५३ पैसा पुगेको छ । संस्थाकाे  प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४८ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

618dd3d8e7581.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको