Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तकाे नाफा घट्यो, ईपीएस कति ?

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, १४ : ४६ मा प्रकाशित

इन्फिनिटी लघुवित्तकाे नाफा घट्यो, ईपीएस कति ?

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेके छ ।

खुद नाफा 

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा संस्थाकाे नाफा घटेर ६५ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा ८६.३० प्रतिशतले घटेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ७४ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सञ्चालन मुनाफा

संस्थाकाे नाफासँगै सञ्चालन मुनाफा पनि प्रभावित बनेकाे छ । संस्थाकाे सञ्चालन मुनाफा घटेर ९२ लाख ९६ हजार रूपैयाँमा झरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६ करोड ७८ लाख ५२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे । 

 चुक्ता पूँजी

संस्थाकाे चुक्ता पूँजी ४१ करोड ४५ लाख १३ हजार रूपैयाँ पुगेकाे छ । 

जगेडा काेष

संस्थाकाे जगेडा काेषमा १४ करोड २३ लाख रूपैयाँ सञ्चित रहेकाे छ । 

प्रतिसेयर आम्दानी (ईपीएस)

संस्थाको प्रतिसेयर आम्दानी ईपीएस ६ रूपैयाँ २८ पैसा रहेकाे छ । 

प्रतिसेयर नेटवर्थ 

समिक्षा अवधिमा संस्थाकाे प्रतिसेयर नेटवर्थ एक सय ६२ रूपैयाँ ७१ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको