Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सको बम्पर सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

बुधबार, १४ पुस २०७८, ०६ : ४३ मा प्रकाशित

मञ्जुश्री फाइनान्सको बम्पर सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

विभिन्न ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पौष १४ गते, बुधबार) अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत कम्पनी, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज पौष १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

मञ्जुश्री फाइनान्सको मंसिर २४ गते, शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

सोहि प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते बिहान ११ बजे कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा वार्षिक साधारण सभा आव्हान गरेको छ ।

चिलिमे जलविद्युत् कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट हालको चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । यो लाभांश हालसम्मकै कम लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको २५ औं वार्षिक साधारण सभा पुस २३ गते कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज काठमाडौंमा हुने छ । 

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको मंसिर ४ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

संस्थाको पाचौँ वार्षिक साधारण सभा पौष २७ गते, मंगलबार होटल द नारायणी, गैँडाकोट, नवलपरासीमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले नवौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार आम्रपाली ब्याक्वेंट थिरबम सदन काठमाडौंमा बिहान ११ बजे हुनेछ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको