Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीका आर्थिक सल्लाहकारको खुलासाः पुष महिनाभरीमा पूँजीगत खर्च आश्चर्यजनक रुपमा बढ्छ !

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, ११ : ५३ मा प्रकाशित

अर्थमन्त्रीका आर्थिक सल्लाहकारको खुलासाः पुष महिनाभरीमा पूँजीगत खर्च आश्चर्यजनक रुपमा बढ्छ !

अर्थमन्त्रीका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले पुष महिनाभरिमा पुँजीगत खर्च आश्चर्यजनक ढंगले बढ्ने बताएका छन ।  अर्थसंसारसंग कुरा गर्दै उनले बित्तिय प्रणालीमा देखिएको तरलता संकुचनको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा गम्भीर रुपमा काम भैरहेको र  सोहि अनुरुप नै प्रणालीमा ५० अर्ब थपिने हिसाबले स्थानिय तहमा जाने पैसाको ८०% प्रतिशतसम्म निक्षेपको रुपमा गणना गर्न दिने निर्णय गरिएको उनले बताए।  

'सबै मन्त्रालय हरुसँग छलफल र अन्तरक्रिया भैरहेको छ।  पुष महिना सकिदा नसकिदै आश्चर्यजनक रुपमा पुँजीगत खर्च वृद्धि हुनेछ। अर्थमन्त्रालयको यो प्रयासमा सरोकारवाला सबै साथीहरुले साथ दिने वचन दिनुभएको छ। ' उनले भने।  

यसअघि उप्रेतीले  अर्थमन्त्री सेयर बजार प्रति सकारात्मक रहेको र केहि दिन भित्रै सेयर बजारलाइ सम्बोधन गर्ने गरि ठोस कुरा आउने भन्ने अभिव्यक्ति दिएसंगै अर्थमन्त्रीले लगानीकर्ताका प्रतिनिधिहरु सँग भेट गरी भएका समस्याहरु समाधान गर्न अर्थ मन्त्रालय तयार रहेको बताएका थिए। यससंगै सरकारले राष्ट्र बैंकसँग सहकार्य गरि विलासिताका बस्तुमा हुने आयातमा पनि अंकुश लगाउने किसिमका नीति ल्याइरहेको छ जसले व्यापार घाटालाइ घटाउन र तरलता वृद्धि गर्न सहयोग पुर्याउनेछ। 

'पुष मसान्तताका करको रुपमा बजारमा भएको पैसा सरकारी खातामा जाँदा झन् तरलता टाइट पो हुने हो कि भन्ने हाम्रो प्रश्नमा उनले भने , 'अर्थ मन्त्रालय निकै गम्भीर रुपमा पुँजीगत खर्च बढाउन लागिपरेको छ।  यो पुष मसान्त यस अघिका पुष मसान्तहरु भन्दा फरक हुनेछ। सरकारी खातामा कर राजस्वको रुपमा जम्मा हुने भन्दा कयौं गुणा बढी पैसा बजारमा पठाइने छ।' उनले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको