Like us!
Follow us!
Connect us!
Watch us!

इसेवा र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, १२ : ५६ मा प्रकाशित

इसेवा र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । 

सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका छन् । 

यस सम्झौताअन्तर्गत, अब विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स्, राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखा रहित बैंकिंग केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टरबाट सजिलै भुक्तानी लिन सकिनेछ । साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स् पनि नेपालभरी रहेका इसेवामनी ट्रान्सफरका १० हजार भन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिनेछ। 

यसैगरी, चाँडै नै, राष्ट्रिय वाणिज्य बैंकका खाता ग्राहिले यस बैंकको मोबाइल एप अर्थात “आर.बि.बि स्मार्ट“ प्रयोग गरेर देश तथा विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ । साथै, मोबाइल एपबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा प्रयोग गरेर देशभरी आन्तरिक रेमिट्यान्स् पठाउन समेत सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको