Like us!
Follow us!
Connect us!
Watch us!

मेरो अभिव्यक्ती नेपालको सेयर बजारप्रति लक्षित हैन : प्रचण्ड

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, १७ : १९ मा प्रकाशित

मेरो अभिव्यक्ती नेपालको सेयर बजारप्रति लक्षित हैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ती नेपालको सेयर बजारप्रति लक्षित नभएको स्पष्टोक्ती दिएका छन् । केही समय अगाडि उनले धितोपत्र बोर्ड साम्राज्यवादको विकसित रुप भएको बताउँदै आफ्नो पार्टीले नीतिगत रूपमै वित्तीय साम्राज्यवादको विरोध गरिरहेको बताएका थिए । 

अहिले उनले एक अन्तर्वातामा आफ्नो सो अभिव्यक्ति बारे स्पष्ट पार्दै आफ्नो अभिव्यक्तीले नेपाली लगानीकर्तालाई घाटा परोस् भन्ने आफ्नो कुनै उद्देश्य नरहेको र आफू लगानीकर्ताको हीत र संरक्षणको पक्षमा रहेको बताएका छन् ।

उनले भने, "मैले अस्ति जे व्याख्या गरेँ र यहाँ निकै ठूलो तरङ्ग पनि आयो भनियो । मानिसहरूले नबुझेर आयो भन्ने छ मेरो । मैले भनेको अन्तराष्ट्रिय आर्थिक प्रवृत्तिहरू के छ, पूँजीवादले कस्तो प्रवृत्ति बढाइरहेको छ र अब हामी समाजवादीले कस्तो प्रवृत्तिहरू र योजनातिर सोच्नुपर्छ भनेर गरिएको व्याख्यालाई मानौँ नेपालको अहिले भर्खरकै संरचनामाथि गरिएको हमला गर्या जसरी बुझियो, प्रचारप्रसार गरियो, तोडमरोड गरे । तर मेरो त्यो होइन । म त अहिले पनि भन्छु पुँजीवाद अहिले वित्तीय पुँजीवादको रूपमा देखिएको छ । नाफा कमाउनु तिनीहरूको मूल ध्यय छ । पुँजीको लगानी उत्पादनमूलक कार्यमा भन्दा छिटो पैसा आउने काममा, घर जग्गा किनबेच जस्ता काममा लगाइन्छ । पैसाको लगानी पैसाका लागि नगर्ने प्रवृत्ति हावी छ भन्न खोज्या हो मैले । मैले नेपालको सेयर बजार सक्किनु पर्यो भन्न खोज्या होइन । म त लगानीकर्ताको पक्षमा छु।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको