Like us!
Follow us!
Connect us!
Watch us!

३८ प्रतिशत लाभांश पारित गर्न नबिल बैंकले डाक्यो साधारण सभा, मर्जरको विशेष प्रस्ताव

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, ०७ : ४० मा प्रकाशित

३८ प्रतिशत लाभांश पारित गर्न नबिल बैंकले डाक्यो साधारण सभा, मर्जरको विशेष प्रस्ताव

नबिल बैंक लिमिटेडले लाभांश पारितको मुख्य एजेन्डा सहित साधारणसभा आह्वान गरेको छ ।  बैंकको पौष ८ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष ३० गते बैंकको केन्द्रिय कार्यलय तिनधारा, काठमौडौमा बिहान ९ः३० बजे शुरु हुनेछ । 

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४० प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै सभाले संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा(नोक्सान हिसाब तथा प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ ।

त्यस्सैगरी नविल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाम्न गाभिन (मर्जर गर्न वा प्राप्ति एक्विजिसन) गर्न तथा
वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्यांकनका लागि मुल्याकनकर्ता नियुक्त गर्न, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक
सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव समेत सभाले पारित गर्ने छ । 

त्यस्तै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष १६ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १५ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

61c528d9a3c9c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको