Like us!
Follow us!
Connect us!
Watch us!

लाइफ इन्स्याेरेन्स कर्पाेरेशनले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, १० : २४ मा प्रकाशित

लाइफ इन्स्याेरेन्स कर्पाेरेशनले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे हिजाे (पाैष ८ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीकाे २० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । साथै वासलात मितिमा कायम रहेको चुक्ता पुँजीको आधारमा प्रस्तावित लाभांश २३.१५७८९४७२६ % हुने र सो मध्ये २२ % बोनस सेयर र १.१५७८९४७२६ % नगद लाभांश हुने कम्पनीले जनाएकाे छ । 

उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीकाे आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61c550311da24.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको