Like us!
Follow us!
Connect us!
Watch us!

एलआईसी नेपालको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, ०८ : ४५ मा प्रकाशित

एलआईसी नेपालको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। अर्थात आज सम्म कायम सेयरधनीले कम्पनीले निष्काशन गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

यस अगाडी कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कात्तिक ९ गते बुकक्लोज गर्दैछ। जस अनुसार नै आजसम्म कायम सेयर होल्ड गर्ने वा किन्ने लगानीकर्ताले यस हकप्रदमा आवेदन दिन पाउनेछन्।

नेपाल धितोपत्र बोर्डले गत असोज १४ गते एलआईसी नेपाललाई हकप्रद सेयर जारी अनुमति दिएपछि कम्पनीले बुकक्लोज मिति तय गरेको थियो।

कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर जारी गर्नेछ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको