Like us!
Follow us!
Connect us!
Watch us!

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले हकप्रद सेयर आवेदन म्याद थप्यो

अर्थ संसार

मंगलबार, ०२ पुस २०८१, ११ : ३१ मा प्रकाशित

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले हकप्रद सेयर आवेदन म्याद थप्यो

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मंसिर १२ गतेदेखि खुला गरेको हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको छ। कम्पनीले हकप्रद सेयरका लागि आवेदन दिन पुस १७ गतेसम्मको म्याद तोकेको हो।

कम्पनीले हाल कायम १ कित्ता सेयरका विरुद्ध ०.८८४५१६८ अनुपातमा हकप्रद सेयर जारी गरिरहेको छ। यस अन्तर्गत कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरका २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर निष्काशन गरेको हो।

यस हकप्रद सेयरको लागि कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। कात्तिक ८ गतेसम्म सेयरधनी रहेका लगानीकर्ताले यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीको वित्तीय विश्वसनीयताको रेटिङ्गमा इक्रा नेपालले 'इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस' दिएको छ। यो रेटिङ्गले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न पर्याप्त सुरक्षित क्षमता रहेको संकेत गर्छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रीय कार्यालय पुतलीसडक र शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। यसका साथै, बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने आस्वा सेवामार्फत पनि आवेदन दिन सकिन्छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको