Like us!
Follow us!
Connect us!
Watch us!

८८.४५% हकप्रद सेयरमा लगानीको मौका, एलआइसीको निष्काशन सुरु

अर्थ संसार

बुधबार, १२ मंसिर २०८१, ०८ : ०२ मा प्रकाशित

८८.४५% हकप्रद सेयरमा लगानीको मौका, एलआइसीको निष्काशन सुरु

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी)ले आज मंसिर १२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

१ कित्ता बराबर ०.८८४५१६८ कित्ता हकप्रद

इन्स्योरेन्सले १ कित्ता सेयर बराबर ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ। यस आधारमा कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर बजारमा ल्याएको छ। प्रत्येक शेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ।

बुकक्लोज र आवेदन मिति

हकप्रद सेयर निष्काशनका लागि कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। यसअनुसार, कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले पुस २ गतेसम्म आवेदन दिन सक्नेछन्।

रेटिङ्ग

हकप्रद सेयरका लागि इक्रा नेपालले लाइफ इन्स्योरेन्स कर्पोरेशनलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ। यो रेटिङले कम्पनीले समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

बिक्री प्रबन्धक र आवेदन स्थान

कम्पनीको सेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को मुख्य कार्यालय, स्टार मल, पुतलीसडक, काठमाडौं तथा कम्पनीका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

चुक्ता पूँजीको अवस्था

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन र बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको