Like us!
Follow us!
Connect us!
Watch us!

अप्रेटरकाे आन्दाेलनले २२० घरधुरी अन्धकारमा

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, १२ : २२ मा प्रकाशित

अप्रेटरकाे आन्दाेलनले २२० घरधुरी अन्धकारमा

विद्युतका अप्रेटरले एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै हुम्लाकाे छुईपुग जलविद्युत आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका-८ को खोल्सी र नाम्खा गाउँपालिका- ४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत आयोजनाकाे सेवा बुधबारबाट बन्द गरिएको छ ।

विद्युत् आयोजनाका अप्रेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि पारिश्रमिक नपाएपछि बुधबारबाट सेवा बन्द गरेर विराेध जनाएका हुन् । गतवर्षको माघ महिनादेखि विद्युत सञ्चालन गर्दै आएको भए पनि आफूहरूले पाउने सेवासुविधा र पारिश्रमिक नपाएपछि विद्युत सेवा नै बन्द गर्न बाध्य भएको अप्रेटर ग्याल्जन लामाले बताए ।

अप्रेटर लामाले भने, 'आफू दुबै जनाले मासिक रूपमा पाउनुपर्ने दश दश हजारका दरले हो । एकवर्ष भई सक्यो प्रति व्यक्तिले एक लाख रुपैयाँभन्दा बढी पाउनुपर्ने हो । तर, कसैको ध्यान जान सकेको छैन । त्यसैले गत बुधबारबाट विद्युत सेवा बन्द गर्ने निर्णय गरेका हौँ ।'

विद्युत बन्द गरिएपछि दुईवटा वडाका २२० घर दूरी अन्धकारमा बस्न बाध्य भएका छन् । खोल्सी गाउँका ९० घरधुरी, लामा खोल्सी र खगालगाउँ गाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अप्रेटरलाई तलव खुवाउने निर्णय थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको