Like us!
Follow us!
Connect us!
Watch us!

३८ % लाभांश दिन नबिल बैंकले तोक्यो साइट, छ्याङदी हाइड्रोको ३० दिए पछि फेरि ४० को राइट

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, २१ : १५ मा प्रकाशित

आज (पाैष ९ गते, शुक्रबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. कालिका पावरको लाभांश घोषणा, १५ प्रतिशत बाेनस दिने 

कालिका पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजाे पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ नगद गरी कूल १५.७८९५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे । कम्पनीको वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय भक्तपुर १० चितवनमा बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२. लाइफ इन्स्याेरेन्स कर्पाेरेशनले गर्यो लाभांश घोषणा 

लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे हिजाे (पाैष ८ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीकाे २० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । साथै वासलात मितिमा कायम रहेको चुक्ता पुँजीको आधारमा भने प्रस्तावित लाभांश २२ प्रतिशत बाेनस सेयर र १.१५७८ प्रतिशत नगद गरी कुल २३.१५७८९४७२६ प्रतिशत हुने कम्पनीले जनाएकाे छ । उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीकाे आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । 

३. ३८ प्रतिशत लाभांश पारित गर्न नबिल बैंकले डाक्यो साधारण सभा, मर्जरको विशेष प्रस्ताव

नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।  बैंकको ३७अाैँ वार्षिक साधारण सभा पौष ३० गते बैंकको केन्द्रिय कार्यालय तिनधारा, काठमाडौँमा बिहान ९ः३० बजे शुरु हुनेछ । सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४० प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै नबिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्न गाभिन (मर्जर गर्न वा प्राप्ति एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत सभाले पारित गर्नेछ । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष १६ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १५ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. नारायणी डेभलपमेन्ट बैंकले हटायो फेरि हकप्रद निष्कासन गर्ने प्रस्ताव

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभाबाट फेरि हकप्रद निष्कासन गर्ने प्रस्ताव हटाएकाे छ । बैंकले हिजाे वार्षिक साधारण सभा बाेलाउँदै हाल निष्कासन भइरहेकाे १००% हकप्रद सेयर बिक्री भएपछि कायम हुने चुक्ता पुँजीकाे १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर पुनः जारी गर्ने प्रस्ताव सभाबाट पारित गर्ने निर्णय गरेकाे थियाे । तर आज फेरि बैंकले आफ्नाे सूचना सच्याउँदै हकप्रद प्रस्ताव हटाएकाे छ । बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार होटल सेन्ट्रल पार्क, सौराहा चितवनमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । बैंकले साधारण सभा प्रयोजनका लागि पौष २० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

५. छ्याङदी हाइड्रोले फेरि ४० प्रतिशत हकप्रद निष्कासन गर्ने, डाक्यो साधारण सभा

छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो (पौष ८ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको आठौँ वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार कम्पनीको केन्द्रिय कार्यालय, गैह्रीधारा, काठमाडौँमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा कम्पनीले ३० प्रतिशत हकप्रद सेयर बिक्री गरिसकेपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

६. लाभांश पारित गर्न सिभिल बैंकले डाक्याे साधारण सभा, पाैष २० गते बुकक्लाेज

सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे हिजाे पाैष ८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे एघाराैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार आम्रपाली बैंङ्क्वेट, बालुवाट, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंकको पाैष ५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २० गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

७. हकप्रद निष्कासन गर्न छ्याङ्दी हाइड्रोले ताेक्याे बुकक्लाेज मिति, पाैष २० गतेसम्म कायम हुनेले हकप्रद भर्न पाउने

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बुकक्लाेज मिति ताेकेकाे छ । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि पाैष २१ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १० बराबर ३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न पाैष १ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

८. सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ

सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ करोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ समेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । 

९. नेप्सेमा ३ लाख ८४ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) एउटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ८४ हजार ५ सय ८३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । 

१०. सेञ्चुरी बैंकको साधारण सभा ३० पाैषमा, मर्जर सम्बन्धी विशेष प्रस्ताव

सेञ्चुरी कमर्सियल बैंकले ३० पुसमा ११औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । सभा प्रयोजनका लागि बैंकले १९ पुसमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, १८ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

११. समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, सेयरधनीको हात खाली

समृद्धि फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको हिजो पौष ८ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको २०आँँ वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार होटल एभोकाडो हेटौँडा, मकवानपुरमा बिहान १० बजेदेखि सुरु हुनेछ । फाइनान्सले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । त्यसैले, संस्थाका सेयरधनीहरूको हात खाली हुनेछ ।  फाइनान्सले साधारण सभा प्रयोजनका लागि पौष १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

१२.  ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान भन्छन्, "बजार तत्काल नै बियरिसमा जाँदैन, सरकार सकारात्मक भए छिट्टै अलटाईम हाई रेकर्ड ब्रेक गर्न सक्छ"

नेपालका ठूला लगानीकर्ता एवंम उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले नेपालको सेयर बजार तत्काल नै बियरिस ट्रेन्डमा नजाने बताएका छन् । अर्थसंसार डटकमसँगको कुराकानीमा प्रधानले भने “यो करिब करिब डेढ वर्षको अवधिमा नेप्से ११-१२ सयको विन्दुबाट बढ्दै ३२ सय भन्दा माथिको विन्दुमा पुगेर अहिले बजार घटेर करिब २५ सयको विन्दुमा पुगेको छ यसरी हेर्दा नेप्सेको यो बुलकै लो विन्दुलाई हर्दा पनि बजार अहिले १३-१४ सय अंकले माथि नै छ, केही ३२ सयको विन्दुमा बजार प्रवेश गर्नेहरु बाहेक अहिले पनि बजारमा अधिकांश लगानीकर्ताहरु नाफा मै छन् जसले गर्दा पनि अहिले तत्काल नै बजार बियरीसमा जाने सम्भावना म देख्दिँन ” । 

१३. २ सयले घट्याे सुनकाे भाउ, चाँदीकाे मूल्य स्थिर

शुक्रबार सुनकाे मूल्य ताेलामा २ सय रूपैयाँले घटेर प्रतिताेला ९३ हजार एक सय रूपैयाँ कायम भएकाे छ । यता चाँदीकाे मूल्य भने स्थिर रही प्रतिताेला एक हजार २ सय ६० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको