Like us!
Follow us!
Connect us!
Watch us!

कतिमा भयो मध्य भोटेकोशीको पहिलाे कारोबार ?

नेप्से

आइतबार, ११ पुस २०७८, ११ : ०० मा प्रकाशित

कतिमा भयो मध्य भोटेकोशीको पहिलाे कारोबार ?

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता १०० रुपैयाँमा भएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्यूनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेको थियाे । कम्पनीकाे पहिलाे काराेबार न्यूनतम रेञ्जबाट सुरू भएकाे हाे ।

बिहीबार कम्पनीकाे ६ कराेड कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट असाेज २५ गते, साेमबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियाे । 

उक्त आईपीओ कार्तिक १२ गते, शुक्रबार गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६  जना रहेको थियाे । जस अनुसार ८ लाख १९ हजार जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी १५ लाख ७१ हजार २ सय १८ जना आवेदककाे हात खाली भएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको