Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशी जलविद्युतकाे कस्ताे छ वित्तीय अवस्था ?

अर्थ संसार

सोमबार, २६ बैशाख २०७९, ११ : ०७ मा प्रकाशित

मध्य भोटेकोशी जलविद्युतकाे कस्ताे छ वित्तीय अवस्था ?

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनी एक कराेड ११ लाख ७० हजार रुपैयाँ नाेक्सानमा रहेकाे छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ८९ लाख ५२ हजार रुपैयाँ नाेक्सानमा रहेकाे थियो ।

कम्पनीले हालसम्म विद्युत बिक्री गरेकाे छैन । 

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनी ५ करोड २५ लाख २५ हजार रूपैयाँ सञ्चालन नाेक्सानमा रहेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनी ३ कराेड ६६ लाख ५१ हजार रूपैयाँ सञ्चालन नाेक्सानमा रहेकाे थियाे । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ रहेको छ । कम्पनीकाे जगेडा काेष २९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । तेस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ०.२५ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ३ पैसा पुगेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छ :

6278a6ee743de.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको