Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई यादवको काउन्टर: अर्थतन्त्रमा यत्राे योगदान दिने पूँजी बजार कसरी साम्राज्यवादी ?

अर्थ संसार

आइतबार, ११ पुस २०७८, १३ : ०४ मा प्रकाशित

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सेयर बजारको विकास हुँदा देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताएका छन्। अर्थसंसार डट कमसँग कुरा गर्दै यादवले आफू र आफ्नो पार्टी सेयर बजारको विकास र स्थायित्वको लागि प्रतिवद्ध रहेको बताएका हुन्।  

केही समय अघि सत्ता गठबन्धनको एक महत्वपूर्ण घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्डले सेयर बजार पूँजीवादी साम्राज्यवादको विस्तारित रुप हो भनि दिएको अभिव्यक्तिप्रति आफ्नो असहमति रहेको पनि उनले बताए।  'नेपालमा पुँजीवादको विकास नै हुन सकेको छैन, पुँजीवाद नै अहिले बच्चा अवस्थामा छ।  अब यो कहिले ठूलो हुने अनि यसले साम्राज्यवादको रुप धारण गर्ने ? त्यसैले अहिले यो बहसको कुनै अर्थ छैन।' उनले थप स्पष्ट पारे।  

सत्ता गठबन्धन भित्र रहेको पार्टीको अध्यक्षको सेयर बजार विरोधी यस्तो अभिव्यक्ति आउँदा तपाईहरुले आधिकारिक रुपमा बोल्नु पर्दैन भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै उनले भने, 'प्रचण्डजीको अभिव्यक्तिहरु बिहान एउटा हुन्छ, दिउँसो अर्को हुन्छ अनि बेलुका उहाँले अर्कै कुरा भन्दिनुहुन्छ। त्यसैले उहाँको कुरातिर नजाउँ।  सेयर बजारको विकास र विस्तारको लागि हामीले गर्न सक्ने कामहरु गर्न हामी तुरुन्तै कदम चाल्नेछौँ। '

भिडियाे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको